काठमाडौँ । १०७ जना फेसन डिजाइरहरुको फेशन डिजाईन प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस सिजन–९’ मा ४ जना डिजाईनर उत्कृष्ट भएका छन् । शनिबार बेलुका प्रज्ञाभवन कमलादीको प्रेक्षालयमा आयोजित सो प्रतिस्पर्धामा ‘लुक आइ क्यान फ्लाई’, ‘तक्स एण्ड तिआरा’, ‘एक्स्कुइजित कर्प्स’, ‘मेतालिक एण्ड इथ्लेजर’ अवधारणाबाट उत्कृष्ट चार विजेता घोषित भएका हुन् ।

सो प्रतियोगीतामा ‘लुक आइ क्यान फ्लाई’बाट माया गुरुङ, ‘तक्स एण्ड तिआरा’बाट फर्जाना खातुन, ‘एक्स्कुइजित कर्प्स’ बाट प्रिया घिमिरे र ‘मेतालिक एण्ड इथ्लेजर’बाट एन्जोली महर्जन विजेता बने । विजेता सबैले नगद सहित बिभिन्न उपहार प्राप्त गरे । साँसद डा. आरजु राणा देउवाले उनीहरुलाई पुरस्कार प्रदान गरिन् । कार्यक्रममा एन्जोलीले बेष्ट डिसिप्लेन अवार्ड समेत हात पारिन् ।

आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनमा ६ महिने कोर्ष पूरा गरेका डिजाइनरबीच सो प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा आईआईएफटीका १२८ बिद्यार्थीको पासआउट ग्राजुयट सेरोमनी पनि भएको थियो ।

डिजाइनरका विद्यार्थीबीच हुने ‘ड्रेस टु इम्प्रेस’मा सदाझैँ यस पटकमा पनि समूहगत प्रतिस्र्धा भएको थियो । डिजाइनिङ कम्बिनेशन गर्न आईआईएफटीले ‘ड्रेस टु इम्प्रेस’ आयोजना गर्दै आएको हो । जसमा डिजाइनर आफैंले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेको छन् ।

पुर्व मिस नेपाल उषा खड्गी, फेसन डिजाइनरहरु राजेश ढाक्का, महेश महर्जन, निभा श्रेष्ठ, अंकित वेटिङ, रमिला नेमकुल, पम्फा श्रीश लगायत सो प्रतियोगिताको निर्णायक थिए । ‘ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम रहेको आईआईएफटीका कार्यकारी निर्देशक विपना थापाले बताइन् । ‘ड्रेस टु इम्प्रेस’ले फेसन पारखीलाई फेसनको जानकारी दिनुका साथै पब्लिकमा फेसन क्रेज समेत बढाउने आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0