खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित जनता आधारभुत विद्यालयमा ‘स्थानीय विषयमा के पढाउने’ भन्ने ’ मा वहस चलिरहेको थियो । विद्यालय क्षेत्रको विषयवस्तु सुहाउँदो पाठ्यक्रम तयार गर्नु थियो ।

तत्कालिन जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराई, कृषिविज्ञ मदन राई लगायतका जानकारलाई बोलाएर ‘स्थानीय विषय’ तयार पार्ने शिर्षकमा छलफल गरिए । अन्ततः २०७२ सालमा जनता आधारभुत विद्यालयमा कक्षा ६, कक्षा ७ र कक्षा ८ का लागि ‘तरकारी फलफुल र अन्नबाली’ पाठ्यक्रम तयार पारियो । २०७२ साल जेठ ११ गते जिल्ला पाठ्यक्रम समन्वय समिति खोटाङले स्वीकृत गरेको ‘तरकारी फलफुल र अन्नबाली’ पाठ्यक्रम हाल विद्यार्थीलाई पढाउनका लागि मात्र नभएर व्यवसायीक बन्न सिकाउने माध्यम बनेको प्रअ झमप्रसाद आचार्य बताउँछन् ।

विद्यालय शिक्षामा स्थानीय विषयलाई पठनपाठन गराउने उद्धेश्यले आधारभूत शिक्षा पाठ्यक्रम २०६९ र स्थानीय पाठ्यक्रम प्रारुप २०७१ अनुसार पाठ्यक्रम ‘तरकारी फलफुल र अन्नबाली’ तयार पारिएको हो । जस अन्तरगत विद्यार्थीलाई जमिन, माटो, हावापानीको ’ मा जानकारी दिइन्छ । सँगै नर्सरी व्यवस्थापन, तरकारी खेती, फलफुल खेती, अन्नबाली भण्डारण र बजार व्यवस्थापन सम्वन्धी सैद्धान्तिक र प्रयोगात्मक जानकारी गराउने गरिएको छ ।

“विद्यार्थीलाई स्थानीय स्तरमा उत्पादन हुने तरकारी तथा अन्नवालीको परिचय गराउने, बाली उत्पादनकालागि माटोको तयारीदेखि बिक्री व्यवस्थापनसम्मका प्रकृयाको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने गरिएको छ,” प्रअ आचार्यले भने, “परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै भविष्यमा बालबालिकालाई अर्थोपार्जनमा आत्मनिर्भर बनाउने स्थानीय विषयको उद्धेश्य हो ।” जनता आधारभुत विद्यालयले कक्षा ६, कक्षा ७ र कक्षा ८ का लागि स्थानीय विषय पढाउनका लागि स्थानीय मनकुमार अधिकारीको जग्गा वार्षिक पाँच हजार पाँच सय भाडामा लिएको छ ।

सो लग्गामा बिभिन्न प्रजातीका मौसमी तथा बेमौसमी तरकारी खेती लगाउने गरिएको छ । ‘तरकारी फलफुल र अन्नबाली’को घण्टी बजेपछि शिक्षक विद्यार्थी बारीमा पुग्छन् । बारी पुगेर खनजोत गर्छन् । बीउ छर्छन्, बेर्ना रोप्छन् । गोडमेल गर्छन् । मल हाल्छन् । पानी दिन्छन् । बेला भएका तरकारी बाली उठाउँछन् । तरकारी बिक्री गर्न नजिकका पसलमा लैजान्छन् । ‘तरकारी फलफुल र अन्नबाली’ विषय अन्तरगत काउली, बन्दा, अदुवा, गोलबेँडा, खुर्सानी लगायतका बालीनाली लगाउने गरिएको छ ।

कतिपय तरकारीको बेर्ना विद्यार्थीले नै उत्पादन गर्छन् । तरकारी बिक्रीबाट आएको आम्दानीबाटै जग्गाको भाडा तिर्ने गरिएको प्रअ आचार्य बताउँछन् । पाठ्यक्रम बिकास केन्द्रको विषयमाभन्दा स्थानीय विषयमा बिद्यार्थीको अभिरुची बढि देखिएको अभिभाबक बताउँछन् । तरकारी बालीका लागि शिक्षक विद्यार्थीको पिसाव संकलन गरेर मलका रुपमा प्रयोग गर्नेगरिएको छ ।

शौचालयबाट निकास हुने पिसावलाई पाइपमार्फत ड्रममा जम्मा गर्ने र ड्रमबाट निकालेर बारीमा हाल्ने व्यवस्था मिलाइएको छ । स्थानीय विषयको पाठ्यक्रम कार्यान्वयनले बिद्यार्थीमा व्यवसायीक कृषि पेशा गर्ने दक्षताको बिकास गरेको छ, भने अभ्यासकाक्रममा छात्र-छात्राले लगाएको खेतीले कृषि फर्मको झल्को दिने गरेको छ । २०४९ साल फागुन ४ गते स्थापना गरिएको विद्यालयमा हाल ७९ जना विद्यार्थी अध्ययनरत छन् ।

स्थानीय विषयको माध्यमबाट जनता आधारभुत विद्यालयले आफुलाई कृषिमा व्यवसायीक विद्यार्थी उत्पादन गर्ने थलोकारुपमा स्थापित गराएको छ । जनता आधारभुत विद्यालयमा ‘तरकारी फलफुल र अन्नबाली’ पढेका कतिपय विद्यार्थी जेटिए पढेर जागीरमा प्रवेश गरिसकेको प्रअ आचार्यले बताए । स्थानीय पाठ्यक्रमले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै छात्र–छात्रालाई भबिष्यमा अर्थोपार्जनमा आत्मनिर्भर बनाउन सघाउ पुग्ने विद्यालयको अपेक्षा छ ।

१५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २०७८ फागुनदेखि कक्षा १ देखि कक्षा ५ सम्मको स्थानीय पाठ्यक्रम ‘दिरुम ज्ञानमाला’ तयार पारेर पठन–पाठनको व्यवस्था मिलाएको छ । २०७८ फागुन १४ गते लोकार्पण गरिएको पाठ्यापुस्तक नगरभित्रका १५ वडाका ९३ वटा सामुदायी विद्यालयमा पठन–पाठन भइरहेको छ । तर, कक्षा ६, कक्षा ७ र कक्षा ८ को स्थानीय विषय स्वयं नगरपालिकाले तयार पार्न सकेको छैन ।

बोर्डिङ खोज्ने विद्यार्थीका लागि अंग्रेजीमा पठन–पाठन
जनता आधारभुत विद्यालयले २०६८ सालदेखि अंग्रेजी माध्यमबाट पठन–पाठन गर्दैआएको छ । ‘अंग्रेजी’ खोज्दै बोर्डिङ जाने विद्यार्थीलाई रोक्नका लागि अंग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था मिलाइएको प्रअ आचार्य बताउँछन् । २०६८ सालमा कक्षा १ बाट सुरु गरिएको अंग्रेजी माध्यमबाट पठन–पाठन २०७१ सालमा कक्षा ५ मा पु¥याइएको थियो । कक्षा ५ सम्मको अंग्रेजीमा ट्रान्स्लेटेड पुस्तक ल्याएर पठन–पाठन गर्ने गरिएको छ । सो विद्यालयले कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीको सिकाइ उपलव्धी मुल्यांकन गर्दैआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0