Suntala myagdi 2024 01 08 03 01 21

शीत भण्डारमा सही तरीकाले नराख्दा सुन्तला कुहिएको निष्कर्ष

किसान कृषि विशेष समाचार

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा सही तरीकाले नराख्दा सुन्तला कुहिएको निष्कर्ष निकालेको विज्ञ टोली प्रती कृषक असन्तुष्टी भएका छन ।केहि दिन अघि नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरेको थियो ।किसानलाई तालिम दिए बमोजिम भण्डार गरिएको भएता पनि अहिले पनि ९० मेट्रिक टनमध्ये ६३ मेट्रिक टन सुन्तलाका नष्ट भएको पाणिनी गाउँपालिका वडा नम्बर १ का कृषक रेवतीराज पौडेलले बताए ।

अहिले भण्डारमा त्यस क्षेत्रमा व्यवसायीक रुपमा सुन्तला खेती गर्ने चार जना कृषकले मात्र भण्डार गरेका थिए ।गत वर्ष पनि ५० प्रतिसत सुन्तला नष्ट भएको उनै कृषक पौडे्लको भनाइ छ ।कृषि विज्ञ टोलीले यहाँ आएर सामन्य समेत सुन्तलाको परिक्षण नगरी रिपोर्ट तयार पारेको उनको भनाइ छ ।कृषकका लागि यो कुनै हालतमा मान्य नभएको बताएका छन ।

२ करोड १३ लाखमा लुम्बिनी प्रदेश सरकार र कृषकको आधा आधा रकममा निर्माण भएको शीत भण्डारमा केहि आशा बोकी शीत भण्डारमा लगानी संगै बेमौंसमी सुन्तला बेचेर मनग्य आम्दानी गरौंला भनेका कृषकका आँखामा केवल आशू मात्र देखिन्छ ।

पाणिनी गाउँपालिकामा मात्र यस वर्ष १० करोडको सुन्तला उत्पादन भएको पाणिनि गाउँपालिका कृषि शाखा प्रमुख मेघराज पौडे्लले बताए। जसमध्ये कृषकका अनुसार यस वर्ष हाल सम्म सुन्तलाको मुल्यको हिसाव गर्ने हो,भने ६३ लाख बराबरको क्षति किसानलाई भएको उनले बताए ।

सुन्तलालाई पटक पटक हातले छुँदा ढुसीले बढी आक्रमण गरेको, भण्डारण घरको तापक्रम र आद्रता पनि नमिलेको लगायका विषयमा समस्या देखिएको वैज्ञानिक टोलीको प्रतिवेदनमा उल्लेख छ । किसानलाई क्षतिपुर्तीका लागि प्रतिवेदनका आधारमा प्रक्रिया अगाडी बढाउने प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीका कार्यालय प्रमुख विष्णु बहादुर मग्रातीले बताए । कृषकले पुन एक पटक सुन्तलाको परिक्षण गर्न माग गरेको समेत उनले बताए ।