वर्तमान अवस्था र निर्णयाक रुपमा राजावादी

वर्तमान अवस्था र निर्णयाक रुपमा राजावादी

लेख/विचार

-डा.महेन्द्रबहादुर कार्की

देश चलाउन नजान्ने, देशको माया नभएका, जनताको माया नभएकाको हातमा देश पर्न गएकोले देश चिन्ताजनक अवस्थामा छ । देशका होनाहार युवालाई देशिसिन वाध्य यिनैले पारेका हुन् । देशमा उधोगधन्दा, व्यापार व्यवसाय, आम्दानीका स्रोतहरु सुक्दै गएको अवस्था छ । देशका शिक्षित वर्गले अनुभव र पढेर सिकेका विषय विदेशमा प्रयोग गरिरहेका छन् । देशमा कुनै कलकारखाना उधोग धन्दा नभएकाले शिक्षित जनशक्तिले आफुले सिकेका सिप स्वदेशमा प्रयोग गर्न पाएनन् । राजनीतिक नेताहरु विदेशीको इशारामा चलिरहेका छन् । वैदेशिक नीति समान देखिदैन । दुई देशको तरुलको रुपमा वसेको सानो देशलाई ठुलो ठुला देशले थिचोमिचो गरिरहेको अवस्था छ । राजनीति दलका प्रमुख नेताहरु देशको माया भन्दा विदेशी दलाली गरेर पैसा आर्जन गर्ने धन्दामा लागेको देखिन्छ । विभिन्न सामाजिक संघ संस्था, अदालत, प्रहरी प्रशासन, विभिन्न कार्यालयहरुलाई मुठिमा राखेर प्रमुख नेताहरुले विभिन्न आफु अनुकुल निर्णय गराइरहेका छन् । आफ्नो हैकम चलाइरहेका छन् । वडादेखि केन्द्रसम्मका जनतालाई विभिन्न प्रलोभनमा पारेर भोट बटुली रहेका छन् । गरिब जनता आज खाएँ भोलि के खाउँ भन्ने अवस्थामा छन् । त्यसैले गरिब जनता बाँच्न सक्ने अवस्थै देखिदैन । राज्यका विभिन्न क्षेत्रहरु विचौलियाको हातमा चलेको छ । न्याय पाउने ठाउँमा न्यायका लागि अनुरोध गर्न जाँदासम्म आर्थिक चलखेल हुन्छ । त्यसैले गरिब जनता न्यायिक क्षेत्रबाट विमुख हुनुपर्ने अवस्था छ । त्यसैले देशको अहिलेको समग्र स्थिति दयनीय र चिन्ताजनक अवस्थामा पुगेको छ । टोल–टोलमा गुण्डागर्दी भइरहेको अवस्था छ । देशमा सामाजिक रुपमा विकृत हुँदै गएकोछ । यदि देशले राम्रो व्यवस्था पाएको भए नेपाल स्वीजरल्याण्ड बन्ने थियो । खाली दलहरुले प्रजातन्त्रको नाममा व्यवस्थाको नाममा जनतालाई ठगिरहेका थिए । अब पनि जनतालाई ठग्न गणतन्त्रको वकालत गरिरहेका छन् । त्यसैले अब जनता सधै झुक्किने छैनन् । हामी जनतालाई जगाईरहेका छौं ।

राजाले अब राज्यको जिम्मेवारी सम्हाल्न अनिवार्य भयो । देशमा भ्रष्टाचार भइरहेको बेला, जनताले आँशु बगाइ रहेको बेला, विचौलियाहरु अझ मजबुत भएको वेला, गरिब जनताले न्याय नपाएको बेला, विकास निर्माण ठप्प भएको बेला, विदेश सम्बन्ध विग्रदै गएको बेला राजा ज्ञानेन्द्र सव्रिmय हुनु अनिवार्य भइरहेको थियो । अहिले सव्रिmय हुनुभयो । यो जनतालाई चित्त बुझिरहेको छ ।

वास्तवमा भन्नुपर्दा पृथ्वी नारायण शाहले वाइसे चौविसे राज्यलाई जोडेर नेपाल निर्माण गर्नु भएको सबैलाई सर्वविविदै छ । पृथ्वी नारायण शाहको आफ्नै सन्तान हो राजा ज्ञानेन्द्र । आफ्नो बाहु बाजेले आर्जन गरेको देश विग्रिन लाग्दा राजा ज्ञानेन्द्र सव्रिmय हुनु स्वभाविकै हो । अब नेताहरुको विदेशमा रहेको सम्पत्ति राष्ट्रियकरण गरि विकास निर्माणमा लगाउनु पर्छ । अत जेठ १५ गते देखि राजसंस्थावादीहरु निर्णयक आन्दोलनमा उत्र्तिनु यो स्वभाविक हो ।

अब गणतन्त्रका नेताहरुको हातबाट सत्ता खोस्ने दिन आउँदै छ । राजसंस्था नफर्किने कुरै छैन । अब हाम्रो आन्दोलन निर्णायक रुपमा अघि बढ्दैछ । जनताले चाहे भने कुनै पनि बेला राजसंस्था फर्किने छ । राजसंस्था पूनस्थापित नगरि हाम्रो आन्दोलन रोकिदैन । राजाले इमानदारी पूर्वक जनधनको क्षति नहोस् भनेर त्यतिबेला राजगद्दी त्याउनु भएको हो । अब त्यसरी नै शान्तिपूर्ण रुपमा दलहरुले राजालाई श्रीपेच फिर्ता दिनुपर्छ ।

देशका युवा शक्तिलाई यहाँ काम गर्न नसक्ने वातावरण निर्माण गर्ने र यहाँ वसेका सोझा निमुखा जनतालाई झुक्याएर भ्रष्टाचार गरिरहेका छन् । कलकारखाना यिनैले बेचेका हुन् । जताततै अराजकता यिनैले गर्दा भएको हो । हरेक विभिन्न निकायहरुमा यिनै गणतन्त्रवादीले लुटिरहेका छन् । त्यो लुटेको सम्पत्ति मात्र खर्च गर्ने हो भने देश विकास हुने थियो । जनतालाई सस्तो आश्वासनमा भुलाएर देशबाट लुटेका धन स्वीजरल्याण्डमा राख्ने गरेको अब जनताले बुझिसकेका छन् । देशको यो अवस्थामा जनता संगठित र आन्दोलित हुनुपर्ने अवस्था छ । जबसम्म जनताले बुझ्दैनन् तबसम्म सधै देश र जनताको भलो चिताउने राजसंस्था फर्किदैन । तबसम्म गणतन्त्रवादीहरुले देश यसरी नै लुटिनै रहनेछन् । शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, रोजगारी क्षेत्रलाई मजवुत पार्न पनि राजासहितको व्यवस्था आवश्यक छ । अब सनातन हिन्दुहरु आन्दोलित हुन आवश्यक छ । यदि उनीहरु आन्दोलित भएभने अब देशमा राजसंस्था र हिन्दुराज्य एकै पटक पूनस्थापना हुनेछ ।

देशमा आउने विभिन्न मेशिन, पार्टपूर्जा, कालिगढ तथा कच्चा पदार्थहरु नेपालको बोडरबाट भन्सार तिरेर आयात गरिन्छ । त्यही सामाग्रीको बढी मुल्य पर्ने हुन्छ तर त्यहि मुख्य भन्दा सस्तोमा माल सामान छिमेकी राष्ट्रबाट चोरी निकासी भएर आउदा सस्तोमा आउने भए पछि देशका उत्पादनकर्ताहरु धरासाही हुँदै टाट फल्टेको अवस्था छ ।

यसै गरी देशको कृषिमा काम गर्ने देशका युवा शक्ति विदेशि रहेका छन् । देशमा उत्पादन नभएपछि विदेशबाट ल्याउनु पर्छ । त्यसले मुल्य बढ्नु स्वभाविक हो । त्यसमाथि विदेशी खाद्यान्न नुन, तेल, चामल, फलफुलमा समेत केमिकलको प्रयोग गरेर मिसावट गरिएको पाइन्छ । त्यसको फलस्वरुप जनतालाई विभिन्न रोग लगाई रहेको छ । गरिब जनता नुन, तेल, चामल लगायतका वस्तु किन्न सक्ने अवस्था छैन । महँगी नियन्त्रण गर्न बनेका सरकारी सम्यन्त्र मुकदर्शक भइरहेको देखिन्छ ।

युवा शक्तिको विदेश पलायन, विभिन्न क्षेत्रमा महँगो कर, नेताहरुलाई जनताप्रति माया नहुनु भ्रष्टाचार बढ्दै जानु, नेताका नातागोताले विभिन्न ठाउँमा पेवाको रुपमा सम्पूर्ण ठाउँमा कृकृत्य गर्नु, कुनै पनि ठाउँमा अनुगमन नहुनु जस्ता कारणले देश विकास नभएको हो । शिक्षा क्षेत्र अनुशन्धानमुलक नहुनु, व्यवहारिक नहुनु र राम्रो शिक्षाका लागि विदेश जानु पर्ने र यहि पनि नीजि स्कूल क्याम्पसमा पढाउनु पर्ने वाध्यता रहेको छ । त्यसमाथि देश हाँक्ने दलका नेताहरुको अदुरदर्शिताका कारण देश विकास नभएको हो । नेपालमा उत्पादन भएका जडिवुटीहरु सस्तोमा विदेश पैठारी हुनु तर विदेशबाट महँगोमा औषधि किन्न परिरहेको छ । त्यसैले स्वदेशमै औषधी जन्य नरम नीति ल्याउनुपर्छ । प्राकृतिक उपचार र प्राकृतिक शिक्षा नेपालमै हुनु आवश्यक छ । त्यसैले राजा नआई शैक्षिक नीति फेरिएला जस्तो देखिदैन ।

त्यसो त  राप्रपा स्थापनाकाल देखि राजावादी र हिन्दुवादी पार्टी हो । अरु खोलिएका पार्टीहरुले केही गर्ने सक्दैनन् भन्ने बुझेर नै हाम्रो विधानमा पनि यहि कुरा उल्लेख गरिएको हो । अब हामी हिन्दु राज्य र राजसंस्था पुनस्थापना गर्न सडक र सदनबाट आन्दोलित भइरहने छौ । हाम्रो सम्पूर्ण सम्यन्त्र आन्दोलनमुखी बनाइ रहेका छौं । त्यति बेला जनताको बलमा गणतन्त्र आयो । अब जनताकै बलमा राजासहितको प्रजातन्त्र बहाली हुदैछ । त्यसैले गणतन्त्र देश र जनताको हितमा थिएन भन्ने कुरा अहिले पुष्टी भएको छ । त्यसैले राप्रपाले टोल–टोल, वडा–वडा, क्षेत्र–क्षेत्र र जिल्ला–जिल्लाका जनतालाई राजसंस्थाबारे बुझाउँदै आएको छ । अब हामी अहिले भने निर्णायक आन्दोलनमा छौं ।

देश र जनताको माया गर्ने, शिक्षित व्यक्ति, अनुभवले परिपूर्ण भएको, स्थानीय जनताको समस्या बुझेको, निस्वार्थ भावनाले देश बचाउनु पर्छ भन्ने असल भावना बोकेको व्यक्ति देशलाई आवश्यक छ । हाम्रो पार्टीका नेताहरु यसमा पर्नु हुन्छ ।

राजसंस्था र सनातन हिन्दु राज्य अहिलेको अपरिहार्य आवश्यकता छ । जनताको चाहाना र समय परिस्थिति पनि यहि छ । त्यसै कारणले देश बचाउनका लागि राजावादी सनातन हिन्दुवादी र राष्ट्रवादीहरुलाई राप्रपाको नेतृत्वमा हुने आन्दोलनमा सरिन हुन आव्हान गर्दछु ।

अब राजसंस्था नफर्केसम्म हाम्रो आन्दोलन रोकिदैन । राजसंस्था नफर्केसम्म अब हामी सडकमै  हुन्छै  । के राजधानी, के जिल्ला जताततै देश राजसंस्थाबादीमय हुनेछ । अब हामीलाई राजसंस्थावादीहरुको साथ चाहिएको छ । देवदेवतालाई आफ्नो शिरमा राख्ने हिन्दुहरु हाम्रो साथमा छन । राजा ज्ञानेन्द्रको हामीलाई एक इशारामात्र चाहिएको छ हामी टाउकोमा कफन बाधेर सडकमा उत्रिन तयार छौं ।

अब हिजोका के कांग्रेस के कम्यूनिष्ट राजा मान्न तयार भएर बसेको अवस्था छ । जनताको अपार माया भएकाले राजावादीहरु डराउनु पर्ने अवस्था छैन् । पूर्व प्रधानमन्त्री माधव नेपालसम्म अख्तियारको फन्दामा परेको देखिदा गणतन्त्रवादी कस्ता रहेछ भन्ने छर्लङ्ग भएको छ । अरु ठुला नेता पनि अख्तियारमा पर्ने हामीले देखेका छौ, बुझाएका छौं ।

गणतन्त्रवादीहरुले गणतन्त्र आएको यो १८ वर्षे अवधिमा के गरे । काण्डै काण्डमा मुछिएका छन् । जानेसम्म बुझेसम्म लगातार देश लुटिरहेका छन । यो कुरा अब जनताले बुझिसकेका छन । जनता अहिले भन्दा त देश राजाहुँदा राम्रो थियो भनिरहेका छन् । अधिकांश जनताको यदि अभिमत छ । गाउँका गरिब जनता दुई छाक खान नपाएर रोइरहेका छन् । नुन पाएका छैनन् तेल पाएका छैन, चामल पाएका छैनन् । गरिब जनताको सेवा गर्छ भनेर आएका गणतन्त्रवादीले महल ठहराए, चप्पल लगाएर हिड्ने नेताहरु पजेरोमा हिड्छन् । यस्तो अवस्थामा राजसंस्था वहाली गर्न हामीले गरिरहेको आन्दोलन गरिबको लागि हो, सबै जनताको लागि हो । नयाँ बजेट आउछ, धनिलाई पोस्छन, गरिब जनतालाई कर माथि कर थोपरिन्छ , कर्मचारीको तलब बढाइदैन । हुँदा हुँदा बृद्ध भत्ता पाउने उमेर पनि गणतन्त्रवादीले बढाए । त्यहि बृद्ध भत्ताबाट गुजारा चलाइरहेका गरिब जनता के गर्ने ? अब हरेक किसिमबाट गणतन्त्र असफल भएको छ ।

काँग्रेस कम्यूनिष्ट जनता झुक्याएर जितेका छन् । राप्रपामा जनता हुँदा हुँदै पनि जनताले काँग्रेस कम्यूनिष्ट को सस्ता नारामा फसें । अब हामी जनुसुकै चुनावमा हार्नेवाला छैनौं । हामीलाई मन्त्री–प्रधानमन्त्री बन्नु भन्दा पनि जनताको माया छ । हामी खुला हृदय भएको हौ, हामी सकेजति जनतालाई बाड्छौं, बाडिरहेका छौं । राप्रपा जन्मजात राजावादी पार्टी हो, अब हामी गणतन्त्रवादीका कुनै पनि धम्किमा नडराइ संघर्षको मैदानमा उत्रिन्छौ । हिजोको अवस्था अब छैन । वागमतीमा धेरै पानी बगिसकेको छ । जताततै राजावादी छन् । सडकमा नउत्रे पनि घरमै बसेर भए पनि जनताले हाम्रो आन्दोलनलाई साथ र सहयोग गरिरहेका छन् । १८ वर्ष गणतन्त्र अन्तको अवस्था छ । कुनै पनि बेला लाखौं लाख जनता सडकमा उत्रदैछन् । अब हामी काठमाडौं घेछौं ।

जहाँ राजा त्यहाँ हामी । राजा भएको ठाउँ विकास हुँदैन, स्वतन्त्रता पाइदैन भन्नु गलत प्रचार हो । बेलायत जापान सहितका दर्जनौ देशमा अझै राजसंस्था छ । त्यहाँका जनता राजालाई आफ्नो आमा–बुबा जस्तो सम्झिन्छन्, हामी पनि राजालाई आफ्नै अभिभावकका रुपमा लिन्छौं । देश विकास गर्न, देशमा शान्ति शुशासन ल्याउन, राजसंस्था चाहिन्छ, चाहिन्छ ।

त्यसै हाम्रो आन्दोलन हरेक किसिमले आवश्यक र सान्दर्भिक छ । यो निर्णायक युद्ध हो । (लेखक कार्की राप्रपाका वरिष्ठ केन्द्रीय सदस्य हुनुहुन्छ ।)