nepali team 2082 025

ऐतिहासिक सुपर ओभरमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

खेलकुद

काठमाडौं : ऐतिहासिक सुपरओभरमा नेपाल र नेदरल्यान्ड्ससँग पराजित भएको छ। स्कटल्यान्डमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो। पहिलो र दोस्रो सुपर ओभर बराबरीमा सकिएपछि खेल तेस्रो सुपर ओभरमा लम्बिएको थियो।

पहिलो सुपर ओभरमा १९ रनको बराबरी र दोस्रो सुपर ओभरमा १७ रनको बराबरी भएको थियो। तेस्रो सुपर ओभरमा भने नेपाल डक आउट भयो।

तेस्रो सुपरमा कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले नेपालको क्रिज सम्हाले। तेस्रो सुपर ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल क्याच आउट भए। दोस्रो बल डट बल, तेस्रो बल डट र चौथो बलमा रुपेश सिंह क्याच आउट हुँदा नेपालले तेस्रो सुपर ओभरमा नेपालले अंक नै जोडेन सकेन। नेदरल्यान्ड्सले तेस्रो सुपर ओभरमा आएर नेपाललाई पराजित गर्‍यो। जितका लागि तेस्रो सुपर ओभरमा १ रनको विजयी लक्ष्य पायो।

नेदरल्यान्ड्सका लागि माइकल लेभिट र जाच लिओन क्याचेट आएका थिए। बलिङमा नेपालका लागि सन्दीप लामिछाने थिए। माइकल लेभिटले तेस्रो सुपर ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरेका हुन्।

टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १५२ रन बनाएको थियो। १५३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनायो। निर्धारित २० ओभरमा खेल बराबरी हुँदा खेल सुपर ओभरमा तानिएको थियो।

अन्तिम ओभरमा ६ बलमा १६ रन चाहिएको अवस्था रहेको थियो। क्रिजमा नन्दन यादव र सन्दीप लामिछाने रहेका थिए। १९.३ मा नन्दन यादवले चौका प्रहार गर्दै ३ बलमा ९ रन चाहिएको अवस्थामा नेपाललाई ल्याए। चौथो बलमा २ रन लिए। अन्तिम बलमा नेपाललाई जितको लागि ५ रन चाहिँदा नन्दन क्रिजमा रहेको अवस्थामा नन्दनले अन्तिम बलमा चौका प्रहार गर्दै खेल सुपर ओभरमा लगेका हुन्।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाए। उनले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कुशल भुर्तेलले ३१ रन बनाए।

त्यसअघि ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा १५२ रन बनाएको थियो। नेदरल्यान्ड्सको लागि तेजा निडामानुरुले सर्वाधिक ३५ रन बनाए। उनले ३७ बलमा १ छक्का प्रहार गरे। ओपनरद्वय मिचेल लेभिट र म्याक्स ओ डिओडले क्रमशः २० र १९ रन बनाए। तेस्रो क्रममा आएका विक्रमजित सिंहले ३० रन बनाउँदा जाच लिओन क्याचेटले ११ रन बनाए।

नेपालका लागि सन्दीप लामीछानेले सर्वाधिक ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा, कुशल भुर्तेल र ललित राजवंशी १-१ विकेट लिए।