कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हिउँपर्न सुरु भएको छ । यस बर्ष माघ महिनाको मध्यसम्म पनि हिउँ नपर्दा चिन्तित किसानहरु अहिले हिउँ पर्न थालेपछि उत्साहित भएका छन्। बिहीबार बिहान खि जुम्लामा हिउँ पर्न थालेपछि किसान हर्षित भएका हुन ।

हिउँ कुरिरहेका कर्णालीका किसान बिहानैदेखि हिउँ पर्दा उत्साहित छन् । स्याउ किसान तिल रावत भन्छन्, ‘केही दिन हिउँ निरन्तर आउनुपर्छ, अनिमात्र बालीनाली सप्रिन्छ, उत्पादन बढ्छ । हिउँदे बाली जौ, गहुँलाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुन्छ ।’

व्यग्र प्रतीक्षापछि हिमपातले कृषि र पर्यटन क्षेत्र लाई राम्रो हुने पर्यटन व्यवसायी सीप बुढा बताउन्छन्। हिउँ नपरेर बाली सुक्न थालेको थियो, हिमाल र डाँडाकाँडा सुख्खा र उजाड थिए । उनले भने , ‘बाली सुक्ने,उत्पादन घट्ने चिन्तामा किसान थिए । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादन वृद्धिमा मद्दत पुग्छ ।’

हिमपातसँगै बढेको चिसोले कर्णालीको जनजीवन भने प्रभावित भएको छ । महिला बालबालिका, दीर्घरोगी, सडक मानव चिसाले प्रभावित भएका हुन् । चिसोले भाइरल ज्वरो आउन सक्ने भएकोले अत्यावश्यक काम बाहेक बाहिर नआउन र झोलिला पर्दाथ खान चिकित्सकको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0