angur farming2 Amgur

कस्तो हावापानी उपयुक्त हुन्छ त अङ्गुर खेतीका लागि ?

मुख्य सामाचार

अङ्गुरका जातहरु
उपयोगिताका आधारमा अड्ग्रलाई टेबल (ताजे खाइने) अङ्गर, वाइन बनाउने अङ्गुर तथा किसमिस बनाउने अगुरमा वर्गिकरण गरिएको छ ।
टेबल अङ्गुर पर्नेट, व्युष्टि सिडलेस, थोम्प्सन सिडलेस, पुसा सिडलेस
रेजिन (किसमिस)अङ्गुर: ब्याक कोरिमन्थ, मुस्काट, फियष्टा, सुल्ताना थोम्प्सन सिडलेस, पुसा सिडलेस
जुसि अङ्गुरः व्यूटि सिडलेस, मुस्काट, च्याम्पियन
बाइन अङ्गुरः ब्ल्याक चम्पा, कार्डीन, मुस्काट ब्ल्याक
क्यानिंग अङ्गुरः थोम्प्सन सिडलेस, पुसा सिडलेस

नेपालमा पाइने अङ्गुरका जातहरु
दानामा बीउ हुने
क्योडोः अमेरिकन समुहमा पर्दछ । लहराहरु ठूलो हुने, फल लाम्चो, कालो र गुलियोपना १६७ हुन्छ ।
स्टेयुबेनः यो पनि अमेरिकन समुहमा पर्दछ । लहरा मध्यम, फल सानो कालो र गुलियोपना १८५ हुन्छ ।
मुस्काट बेली एः फल सानो, वैजनी रङको फल, गुलियोपना १८५ हुन्छ ।
ओलम्पियाः लहरा ठूलो, फल ठुलो, गाढा रातो तथा गुलियोपना १७५ हुन्छ

दानामा बीउ नहने
हिमरड सिडलेसः युरोपियन र अमेरीकनको वर्णशंकर, फल सानो, सेतो गुलियोपन १६५ हुन्छ ।
अन्य नेपालमा पाइने जातहरु व्यूटि सिडलेस, पलेट, थम्प्सन सिडलेस, सुप

१, समर ब्ल्याक हुन् ।

हावापानीः पतझड फलफूल भएपनि समुन्द्री सतहदेखि उच्च पहाडसम्म खेतीगर्न सकिने यो एक मात्र फलफूल हो । तर पनि व्यावसायिक हिसाबले खेती गर्दा ठाउँ अनुसारको हावापानीमा उपयुक्त जातहरु छान्नुपर्दछ । यसले अत्याधिक वर्षा र उच्च आद्रता सहन सक्दैन । यसैले कम वर्षा, जाडो छोटो तथा लामो सुख्खा हुने ठाउँमा अड्गुर खेतीको लागि राम्रो मानिन्छ । हिउँदमा चिसो र आद्र वातावरण चाहिन्छ भने फलपाक्ने बेलामा गर्मी र सुख्खा उपयुक्त हुन्छ । यस हिसाबले बाँके, बर्दिया, कैलाली कन्चनपुर लगायतको पश्चिम क्षेत्र अङ्गुर खेतीको लागि उपयुक्त हुन्छ ।

माटोः पी.एच ५.७ भएको माटो राम्रो मानिन्छ ।
प्रसारणः कटिंगबाट, ग्रिनवुड ग्राफ्टिंग र बडिंगबाट प्रसारण गर्न सकिन्छ तर कटिंग नै सबैभन्दा प्रचलित विधि हो ।
बिरुवा लगाउने दूरीः बिरुवाको लहरा र बिरुवालाई दिइने तालिमको आधारमा दूरी तय गरिन्छ ।

जातहरु लगाइने दूरी (मिटर) तालिमको प्रकार हाँगा प्रति लहरा मुना प्रति हाँगा बिरुवा प्रति रोपनी बिरुवा प्रति हेक्टर
थोम्स्सन सिडलेस २x३ निफिन १६-२० ८-१०  ८३ १६६७
व्यटि सिडलेस २x२ हेड १६-२० ३-४ १२५ २५००
बनावे शाहि ३x६ आरबर ६०-८० ५-६ २८ ५५६
परलेट ३x३ हेड, निफिन ३०-४० ३-४ ५६ ११११
अन्य जातहरु ३x३ निफिन १६-२० ४-६ ५६ ११११

रोप्ने समय : पुस-माघ
मलखादः बिरुवा रोप्ने समयमा खाडलमा २० के।जी। कम्पोस्ट दिने ।

विरुवाको

उमेर

कम्पोस्ट

(के.जी)

 नाइट्रोजन

(ग्राम)

फस्फोरस

(ग्राम)

पोटास

(ग्राम)

युरिया

(ग्राम)

डी.ए. पी.

(ग्राम)

म्युरेट अफ पोटास

(ग्राम)

पहिली वर्ष १० १०० ६० ८० १६६ १३० १३३
दोस्रो वर्ष २० २०० १२० १६० ३३३ २६० २६७
तेस्रो वर्ष ३० ३०० १८० २४० ५०० ३९१ ४००
चौंथो बर्ष ४० ४०० २४० ३२० ६६५ ५२२ ५३३
पाँचौं बर्ष ५० ५०० ३०० ४०० ८३२ ६५२ ६६७

सम्पूर्ण मलखादहरु प्रतिबोटको दरले दिने ।
पांचौ वर्ष पछि प्रत्येक बोटलाई ५० के.जी. कम्पोस्ट, युरिया १००० ग्राम, डि.ए.पी ७०० ग्राम र म्युरेट अफ पोटास ७०० ग्राम दिनुपर्दछ ।

तालिम
हेड पद्धतिः साना बोट हुने र फेदतिर बढी फल्ने जातहरु ब्युटि सिडलेस, पलेंट, डिलाइट जस्ता जातहरुमा यो विधि उपयुक्त हुन्छ । यस तरिकामा बिरुवालाई कुनै बांस वा काठको टेका दिई सिधै माथितिर बढ्न दिइन्छ र १.२ मिटरको उचाई पुगेपछि माथितिरको भाग काटेर हटाइन्छ । त्यसपछि काटेको ठाउँको तलतिर हाँगाहरु पलाउँदछन् र जमिनको सतहबाट ७५ से. मी. माथि विभिन्न दिशामा पर्ने गरी फरक दूरीमा रहेका ४ मुख्य हांगाहरुलाई बढ्न दिई अन्य हाँगाहरुलाई हटाईन्छ । यसरी छानिएका ४ वटा हाँगाहरुलाई चारै दिशामा पर्ने गरी राखी प्रत्येक हाँगामा २ वटा कोपिला मात्र राखेर टुप्पातिरको माग हटाईन्छ । यसरी राखिएका २ वटा कोपिलालाई सहायक हाँगाको रुपमा २०-३० स. मी. बढ्न दिई टुप्पातिरको भाग काटिन्छ र प्रत्येक सहायक हाँगामा २-३ वटा फुल फुल्ने कोपिला सहितको १-२ वटा फल्ने हाँगा रहन दिई अन्य भागलाई काटेर हटाईन्छ ।
बाबर, आर्वर, पर्गोलाः ठुला र बढी लहरा जाने जातहरुमा यो विधिले तालिम गरिन्छ । यो तरिका बढी खर्च लाग्ने भएपनि फल उत्पादन र गुणस्तर राम्रो हुन्छ । बगैंचा स्थापना गर्ने ठाउँको चारैतिर खम्बाहरु उठाएर करिब २.१ देखि २.४ मिटरको उचाईमा तारहरु ६ से।मी।को फरकमा पूर्व पश्चिम र उत्तर दक्षिणतिर जोडिन्छन् र तारको जालीको छानो बनाइन्छ ।
विरुवाहरुलाई तारको छानोमुनि ३-४ मिटरको दूरीमा टेकाले सहारा दिई बदन दिइन्छ र मुख्य काण्ड छानामा पुगेपछि मुन्टालाई काटेर हटाईन्छ । त्यसपछि विकास भएका हाँगाहरुमध्ये २ वटालाई मात्र विपरीत दिशामा बढ्न दिई अरुलाई फेदबाट नै काटेर हटाइन्छ । प्रत्येक मुख्य हाँगामा करिब ६० से. मी.को दूरीमा दुवैपट्टि ६ वटा सहायक हाँगाहरु राखी प्रत्येक सहायक हाँगामा ८-१० वटा प्रशाखाहरु रहन दिइन्छ ।
निफिनः मझौला बोट हुने जातहरु जस्तै मुस्काट, डिलाइट, ब्युटि सिडलेस, पलेट आदिमा यो प्रयोग हुन्छ । यस तरिकामा ४.८ मिटरको दूरीमा २ वटा खम्बा गाडेर ०.६ र ०.९ मिटरको उचाईमा २ वटा तार राखिन्छन् र तारको तलपट्टि २.४ मिटरको दूरीमा बिरुवाहरु लगाई माथितिर बढ्न दिईन्छ । बिरुवा ०.९ मिटर भएपछि मुन्टा काटेर हटाईन्छ र त्यसपछि आएका ४ वटा मुख्य हाँगा राखी तारको तल २ र माथि २ हाँगालाई बढ्न दिइन्छ ।
ओभरहेड ट्रेलिजः तारहरुलाई एउटै उचाईमा पर्ने गरी जमीनबाट १.५ -१.६ मिटरको उचाईमा रहेका क्रसबार ४५-६० से.मि.को फरकमा ३४ वटा तारहरु दुईतिरबाट २ वटा मुख्य हाँगाहरु बढ्न दिई तिनीहरुबाट पुनः ४ वटा सहायक हाँगाहरु बढ्न दिइन्छ ।
काटछाँटः अड्गुरमा काटछाँटको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ । हिउँदमा पात झरेपछि करिब ६० प्रतिशत भाग काटेर हटाउनुपर्दछ । जातअनुसार (माथि उल्लेखित टेबलमा भए अनुसार) मुना, लहरा बाँकी राखी अन्य भाग हटाउनुपर्दछ ।
फल टिप्नेः अङ्गुर टिपेर पकाउन नमिल्ने ९नन क्लाइमेक्ट्रिक० फल भएकोले फल राम्ररी पाकेपछि मात्र टिप्नुपर्दछ ।
उत्पादन:- जातअनुसार १५- ६० टन प्रति हेक्टर तथा ७५० देखि ३००० के.ज प्रति रोपनीसम्म उत्पादन लिन सकिन्छ ।
बाली संरक्षण

कीराहरु

क्र.सं. कीरा क्षति व्यवस्थापन
फ्लि बिटल (खपटे कीरा) जरा, डाँठ र पातहरु खाई नोक्सानी पुयाउदछन । केराको पातहरु वा खरको कुचो बनाएर फेदमा बाँधिदिने जसले गर्दा कीराहर यसमा लुक्दछन र १-२ दिनमा यी कुचोहरु जलाइदिने, मालायियन ५०% ई.सी. १ मि.लि./लिटर पानीमा मिसाई छर्ने ।
थ्रिप्स डाँठ, कलिला पात, मुना, हाँगाबाट रस चुसेर नोक्सानी गर्दछ । टांसिने पासो प्रयोग गर्ने। इमिडाक्लोप्रीड १७.८% एस.एल. ०.५ मि.लि. लिटर पानीमा मिसाई प्रकोप भएको बेलामा १० दिनको फरकमा ३ पटक छर्ने ।
लिफ रोलर पात गोलो गोलो बनाएर त्यसभित्र बस्दछ र फुल खाइदिन्छ । यस्ता पातका गोला जम्मा गरेर नष्ट गर्ने, जैविक विषादी व्यासिलस थुरिन्जियन्सिस वि.टि. २ ग्राम/लिटर वा स्पायनोस्याङ ४५%एस.सी. ०.३ मि.लि./लिटर पानीमा मिसाएर १० दिनको फरकमा ३ पटक छर्ने ।

रोगहरु

क्र.सं. रोग क्षति व्यवस्थापन
एन्थ्राक्नोज (Glpeosporium ampelophagum) पात तथा डाँठहरुमा कालो, खरानी रङका दागहरु देखिन्छन, फलमा चराको आँखा जस्तो थोप्ला देखिन्छ रोगी भाग काटेर हटाउने । नयाँ पालुवा निस्कनासाथ कार्बेन्डाजिम ५०% डब्लु.पी. १ ग्राम वा कपर अक्सिक्लोराइड ५०% डब्लु.पी. ३ ग्राम/लिटर पानीमा मिसाई छर्ने ।
डाउनी मिल्ड्यु (Plasmopara viticola) पात, फल तथा फुलहरुमा सेतो फोका जस्तो उठी लहराहरु सुक्दछ, पातको तल्लो भागमा सेतो ढुसी देखिन्छ । रोगी भागहरु काटेर हटाउने । बोर्डोमिक्सर ५:५:५० छर्ने । रोग देखा पर्नासाथ मेटाल्याक्जिल ८% डब्लु.पी. मेन्कोजेब ६४% (रिडोमिल गोल्ड वा क्रिल्याक्जील एम गोल्ड) २.५ ग्राम वा कपर अक्सिक्लोराइ ५०% डब्लु.पी. ३ ग्राम/लिटर पानीमा मिसाई १०-१५ दिनको फरकमा छर्ने ।
पाउडरी मिल्ड्यु (Uncinula necator) पात, फल, हाँगा, डाँठहरुमा सेतो पाउडर जस्तो देखिन्छ । डायनोक्याव ४८% ई.सी. (क्याराथेन) ५ मि.लि. वा थायोफोनेट मिथाइल ७०% डब्लु.पी (एन्ट्राकोल) १ ग्राम वा वेटेबल सल्फर ८०% डब्लु.पी. २.५ ग्राम/लिटर पानीमा मिसाई ८-१० दिनको फरकमा छर्ने ।

(यदि तापक्रम ३० डिग्री सेल्सियस भन्दा बढी छ भने सल्फर छर्नुहुदैन)

अन्य समस्याहरु

क्र.सं. समस्या क्षति वयवस्थापन
फलको टुप्पा कुहिने क्याल्सियमको कमीले फलको टुप्पातिर पानी सुकेजस्तो दाग देखिन्छ । क्याल्सियम नाइट्रेट (१% प्रतिशत) छर्ने ।
पात पहेंलिने माटोमा जस्ता, फलाम र म्याग्नेसियमको कमि भएमा पात पंहेलिन्छ । जिंक सल्फेट, म्याग्नेसियम सल्फेट वा फेरस सल्फेट छर्ने ।
हन एण्ड चिकन फुलका झुप्पा सुक्दछन् र फलका दाना राम्ररी नबढी साना साना लाग्दछन् । लहराका टुप्पा घुम्रिने हुन्छ । बोरेक्स २०-५० ग्राम प्रति बोट माटोमा मिसाउने । २२० ग्राम बोरिक एसिडं+११० ग्राम चुना लाई १०० लिटर पानीमा मिसाई पुस माघमा छर्ने।

 स्रोत:- नेपाल कृषि अनुसन्धान परिषद्