काठमाडौँ । निजामती विधेयक, २०८० संसदबाट सर्वसम्मत पारित भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफलका लागि प्रस्ताव पेश गर्दै सभामुखले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । संसदमा उपस्थित सांसदहरूको बहुमतले विधेयक पारित भएको हो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्षे कुलिङ पिरियड राख्ने प्रावधानसहितको प्रतिवेदन एकमतले प्रतिनिधिसभामा पेश गरेको थियो । यसअघि प्रतिनिधिसभाको गत ३ असारको बैठकमा सो विधेयक पारित गर्ने गरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीको दबाबमा सभामुख घिमिरेले विधेयक रोकेका थिए ।
पारित विधेयक अब राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नेछन् । सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने र प्रमाणीकरण गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ ।
रास्वपा र राप्रपाले आज पनि संसद छाडेर हिडे
भिजिट भिषा प्रकरणमा असहमति जाहेर गर्दै आएका दुइ दल प्रतिनिधिसभाको बैठकबाट बाहिरिएका छन् । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका हुन ।
भिजिट भिसा प्रकरणलाई लिएर नियमितरूपमा संसद्मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आज पनि बैठक कक्षबाट बाहिरिएर बिरोध जनाएका हुन् । उनीहरू आफ्ना कुराहरू राखेर प्रतिनिधिसभा बैठकवाट नियमित झै आज पनि बाहिरिएका हुन् ।
