खाद्य सुरक्षा जनस्वास्थ्यको एक महत्त्वपूर्ण पक्ष हो। नेपाल जस्ता देशहरूमा अप्रभावी खाद्य सुरक्षा रोगको प्रमुख कारण हो। खाद्य सुरक्षा शासनको कार्यान्वयनले कृषिमा ठूला प्रभावहरू छाड्छ। धनी देशहरूद्वारा कृषि क्षेत्रमा खुला व्यापार अवसरले उत्पादनको गुणस्तर र सुरक्षा बढाउँछ, विश्वव्यापी खाद्य व्यापार बढाउँछ, प्रविधिगत ज्ञानको लागि विदेशी लगानी आकर्षित गर्छ, र उपभोक्तालाई सस्तो मूल्यमा विभिन्न मौसमी खाद्यपदार्थ उपलब्ध गराउँछ।
तर, नेपालमा कमजोर पूर्वाधार र लामो खाद्य आपूर्ति श्रृंखलाले खाद्यलाई हानिकारक तत्त्वहरूको सामना गराउँछ। लगभग ६० प्रतिशत खाद्यपदार्थ विदेशबाट आयात हुन्छन्, जसको गुणस्तर जाँच गर्न प्राविधिक सुविधा अभावले गाह्रो छ। रोग नियन्त्रणमा एन्टिबायोटिक र कीटनाशकको गलत प्रयोग खाद्य सुरक्षाको दृष्टिले उचित छैन। ५ वर्ष मुनिका बच्चाहरूमा ७० प्रतिशत मृत्यु जैविक रूपमा प्रदूषित खाद्य र खाद्यजन्य परजीवी ९डाइरिया, न्युरो(सिस्टिसर्कोसिस० को कारण हुन्छन्।
नेपालको लगभग ६६५ जनसंख्या आत्मनिर्भर कृषिमा निर्भर छ, जसले देशको कुल विदेशी व्यापारको मात्र १३५ मात्र योगदान गर्छ ९कृषि मन्त्रालय, २०१२ । तर, आधुनिकीकरणको अभाव, प्राकृतिक वर्षापात र जलवायु परिवर्तनजन्य कारणहरूले गर्दा नेपालको कृषि उत्पादकत्व न्यून छ। विश्वव्यापी खाद्य आपूर्ति श्रृंखलाको एकीकरण र अन्तर्राष्ट्रिय व्यापार उदारीकरणले विकासशील देशहरू जस्तै नेपालमा खाद्य सुरक्षा र गुणस्तर प्रमुख समस्या बनेको छ।
नेपालमा कृषि उत्पादनको मात्र २०५ मात्र बजारीकरण हुन पाउँछ। २०१२/१३ को आर्थिक वर्षमा व्यापार घाटा २३।९५ ले बढेको थियो ९नेपाल राष्ट्र बैंक, २०१३०। सुरक्षित खाद्यको पहुँच मानव अधिकार हो। खाद्य उत्पादन, संकलन, प्रशोधन, विपणन र सेवा प्रदान गर्ने सबै पक्षहरूले उपभोक्तासम्म पुग्ने खाद्यपदार्थ स्वास्थ्यका लागि सुरक्षित होस् भन्ने जिम्मेवारी बहन गर्नुपर्छ।
प्रभावकारी खाद्य सुरक्षा कार्यक्रमहरू वैज्ञानिक, प्राविधिक, आर्थिक रूपमा सस्तो, सुलभ र उपयोगी हुनुपर्छ। खाद्य सुरक्षाको मुख्य आधार भनेको प्रभावकारी खाद्य सुरक्षा शासन हो जसले उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण श्रृंखलामा सुरक्षा सुनिश्चित गर्नुपर्छ। यसका लागि उत्पादक, प्रशोधक र व्यापारीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। खाद्य सुरक्षा कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गर्न आर्थिक, राजनीतिक र सामाजिक प्राथमिकताहरू निर्धारण गर्नुपर्छ।
नेपालमा खाद्य सुरक्षा शासनका चुनौतीहरू
राजनीतिक अस्थिरता, सामाजिक अशान्ति, कमजोर शासन प्रणाली, अपर्याप्त पूर्वाधार सुविधा, लामो र जटिल खाद्य आपूर्ति श्रृंखला, सरकार र निजी क्षेत्रबीच खराब समन्वय, असन्तुलित निरीक्षण प्रणाली, प्रयोगशाला सुविधाको अभाव, निरक्षर जनतामा जागरूकताको अभाव र साक्षरहरूमा उचित दृष्टिकोणको कमी, मानक र नियमहरूको कार्यान्वयनमा कमजोरी,पशु तथा बोटबिरुवाको अवैध सीमापार आवतजावत आदि ।
