वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका काभ्रे पनौती नगरपालिका-२, गुर्दुमका कृष्ण तामाङको मृत्यु भएको छ। रोजगारीको क्रममा तीन महिनाअघि कुवेत पुगेका तामाङको पुस १ गते राति सुतेकै अवस्थामा मृत्यु भएको छ।

निजका साथीका अनुसार राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट विहान मृत अवस्थामा भेटिएका थिए। मृतकको आर्थिक अवस्था निकै कमजोर भएका उनको शव नेपाल ल्याउन समस्या परहेको छ। मृतक तामाङको परिवारले खर्च गरेर शव ल्याउनसक्ने स्थिति नभएकाले सहयोगका लागि सबैसँग परिवारले आग्रह गरेको छ।

उनी गएको सेप्टेम्बर ५ को नेपालमा रहेको डीएचआर नेपाल नामक म्यानपावर कम्पनीबाट कुवेत रहेको फर्स्ट ग्रुप जनरल ट्रेडिङ कन्स्ट्रक्टिङ कम्पनीमा लेवरको रूपमा काम गर्न पुगेका थिए। परिवारका अनुसार वैदेशिक रोजगारीमा जाँदा १ लाख ५० हजार हजारभन्दा बढी रकम बुझाएर कुवेत उडेका थिए।

शव स्वदेश पठाउनका लागि परिवारले कुवेतमा रहेको नेपाली दूतावास, एनआ एन तथा विभिन्न सामाजिक संस्थालाई सहयोगको निमित्त आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0